प्रमुखमा दावी गर्दै गठबन्धन गर्ने पक्षमा माओवादी केन्द्र उदयपुर कटारी नगर कमिटी

उदयपुर । नेकपा माओवादी केन्द्र नगर कमिटी उदयपुर कटारीले कटारी नगरपालिकाको नगर प्रमुखको दावी गर्दै गठबन्धनमा तालमेल गर्ने निर्णय गरेको छ । आज पार्टी कार्यालयमा बसेको नगर कमिटी बैंठकको निर्णयहरु सार्वजनिक गर्दै पार्टीले गठबन्धन दलवीच उचित सन्तुलन गर्दै आत्मसम्मानका साथ तालमेल गर्ने निर्णय भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा वोल्दै नगर कमिटीका अध्यक्ष मणिराज दाहालले देशैभरीको गठबन्धनको मापदण्ड आईसकेपछी स्वाभाविक रुपमा हिजोको जनमतलाई सम्मान गर्दै नगर प्रमुख सहितको दावी रहेको बताए।‘आत्मसम्मानका साथ सत्ता गठबन्धनकावीचमा गठबन्धन हुन्छ ।’उनले भने —‘गठबन्धनको साझा निर्णयबाट अघि बढ्छौं ’

कार्यदल सत्तागठबन्धन बनेपछी मात्रै टुंगो लाग्ने दाहालले बताए । उनले पार्टी प्रणालीबाट नगर प्रमुख उमेद्वार बन्ने बताउँदै यसको टुंगो पार्टीले लगाउने बताए। आकांक्षी धेरै रहेको पनि उनको भनाई थियो । सम्पूर्ण पार्टी कमिटी जनवर्गिय कमिटीलाई निर्वाचन केन्द्रित तयारीमा परिचालन गर्ने निर्णय नगर कमिटीले चैत्र २५ गते गरेको पनि सम्मेलनमा समितिका सचिव यम्बर बहादुर कटुवाले बताए ।

संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको समाजवाद उन्मुख राज्य व्यवस्थाको अर्थव्यवस्था निर्माणक निम्ति नेकपा माओवादी केन्द्र प्रदेश , जिल्ला , स्थानीय तहमा गठबन्धन गर्ने पक्षमा कमिटीले निर्णय गरेको कमिटीका प्रवक्ता ईश्वर पोखरेलले बताए ।

कमेन्ट गर्नुहोस्