कुनै एक पदमा मात्र उम्मेदवार उठाउँदा महिलानै हुनुपर्ने निर्णय खारेज

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदमध्ये कुनै एक पदमा मात्रै उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उठाउनुपर्ने भनि यसअघि गरेको निर्णय खारेज भएको छ । राजनीतिक दलहरुले यस्तो व्यवस्थाको विरोध गर्दै ध्यानाकर्षण नै गराएपछि आयोगले निर्णय सच्याएको हो ।

याे पनि पढ्नुस  व्यवस्था विरोधिले स्थानीय सरकारलाई भ्रष्टाचारको अखडा बनाए : देव गुरुङ

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा यसअघिको निर्देशनमा अन्यथा भएकाले सच्याइएको उल्लेख गरिएको छ ।

आयोगले गत चैत २२ गते दलहरूलाई जारी गरेको १७ बुँदे निर्देशनमा प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको थियो ।

याे पनि पढ्नुस  आचारसंहिता विपरित गतिविधि गर्नेको उम्मेदवारी रद्द गर्ने चेतावनी

तर, यो बुँदामा दलहरूको विरोधपछि निर्णय सच्याउँदै आयोगले भनेको छ, ‘‘राजनीतिक दलहरूलाई निर्वाचन व्यवस्थापनलाई लैंगिक तथा समावेशीमैत्री बनाउने सम्बन्धमा दिएको निर्देशनको बुँदा नम्बर ६ मा ‘स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने’, हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।’

याे पनि पढ्नुस  २४ राजनीतिक दलद्वारा निर्वाचन चिन्ह संघर्ष समिति गठन

महिला तथा समावेशी समूहका व्यक्तिहरुलाई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउने सम्बन्धमा आयोगले यस्तो निर्देशन जारी गरेको थियो ।

 

कमेन्ट गर्नुहोस्