जसपा सुदुरपश्चिमका अध्यक्ष कृष्ण चौधरी सहित विभिन्न पार्टीका नेताकार्यक्रर्ता माओवादीमा प्रवेश

काठमाडौं । जसपाका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेशका अध्यक्ष कृष्ण चौधरीको नेतृत्वमा विभिन्न पार्टीका दजनौं नेताहरु नेताकार्यर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन ।उनीहरु माओवादी केन्द्रको केन्द्रिय कार्यलय पेरिस डाँडामा आयोजित एक कार्यक्रमा माओवादी पार्टीमा समाहित भएका हुन ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै कृष्ण चौधारीले सुदुरपश्चिमको जसपा पार्टी माओवादी केन्द्रमा समाहित भएको बताए । उनले कैलालीलाई लाल किल्ला बनाई छोड्ने प्रतिबद्धता सहित समेत जायर गरे । उनीसँगै जसपा,कांग्रेस र एमालेबाट कैलाली र सोलुखुम्बुका नेताकार्यक्रता पार्टी प्रवेश गरेका हुन ।

उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका छन । पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कृष्ण चौधरी जनयुद्धको भर लाग्दो नेता भएको भन्दै अब कैलालीको पार्टी २०६४ कै अवस्थामा फर्किने विश्वास व्यक्त गरे ।

केहि समय पार्टीको मुलधारबाट बाहिर जस्तो देखिएपनि नयाँ अनुभवसहित चौधारी लगायतका नेताहरु माओवादी केन्द्रमा समाहित भएको भन्दै यसको म्यासेज ठुलो हुने अध्यक्ष प्रचण्डको भनाई थियो ।

 

कमेन्ट गर्नुहोस्