अमेरिकाले ८ जना नेपालीलाई विमान चार्टर्ड गरेर नेपाल फर्कायो

काठमाडौं । अमेरिकाले ८ जना नेपालीलाइ विमान चार्टर गरेर नेपाल फर्काइ दिएको छ । उनीहरु गैरकानुनी रुपबाट अमेरिका पुगेका थिए । अमेरिकी सरकारले विमान चार्टर्ड गरेर ८ जनालाई नेपाल ल्याएर छाडेको अध्यागमन विभागले जनाएको छ ।

उनीहरुलाई गल्प स्ट्रिम जहाजको भिएन ७४० एसएसले नेपाल ल्याएको थियो । उनीहरु दुबई, रसिया, कोलम्बिया, मेक्सिको हुँदै अमेरिका छिरेका थिए । उनीहरु कुनै कागज बिनै अमेरिका पुगेपछि त्यहाँको प्रहरीले थुनामा राखेको थियो ।

उनीहरुलाई गैरकानुनी रुपबाट अमेरिका पुगेका उनीहरुलाई लैजाने वा पठाउने दलालको खोजी भइरहेको प्रहरीले जनाएको छ । दलालीहरुले उनीहरुलाई गाडी, पानी जहाज गर्दै अमेरिका पुर्याएका थिए ।

प्रारम्भिक अनुसन्धानमा उनीहरूले कहिले गाडीमा, कहिले पानीजहाजमा, कहिले हिँड्दै गरेर गत वर्षको चैतमा अमेरिका पुगेको बताएका छन्। तर, कसले त्यहाँसम्म पुर्‍यायो भन्नेबारे विस्तृतमा खुलाएका छैनन्।

‘उनीहरू कसरी पुगे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ, अमेरिकाको कानुन अनुसार थुनामा परेका विदेशी नागरिकलाई अध्यागमनले आफ्नै खर्चमा पठाउँछ प्लेन चार्टर्ड गरी पठाउने गरेको छ,’ अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने।

महानिर्देशक भट्टराईका अनुसार कानुनी रूपमा अमेरिका छिर्न कठिन हुने भएकाले दलालहरूको सम्पर्कमा मानिसहरू पुग्छन्। दलालले लाखौं रुपैयाँ असुल गरेर नेपालीलाई मेक्सिकोको बोर्डरबाट अमेरिका छिराउने गर्छन्।

कमेन्ट गर्नुहोस्