नेपाल र अर्जेन्टिनाको मैत्रीपूर्ण फुटबल खेलाउन छलफल

काठमाडौं । नेपाल र अर्जेन्टिनाविच मैत्रीपूर्ण फुटबल खेलाउने बारे खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र नेपालका लागि अर्जेन्टिनाका राजदुत डा.ह्युगो जाभियर गोवीबीच छलफल भएको छ । सिंहदरबार स्थिति युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)सँग भएको भेटवार्तामा मैत्रीपुर्ण फुटबल खेलाउनेबारे मन्त्री र राजदुत सहमत भएका छन ।

भारत बसेर नेपाल समेत हेर्दै आएका राजदुत गोवी राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र बुझाउन काठमाडौं आएका थिए । मन्त्री अथकसँग भएको भेटवार्तामा उनले दुई देश बीच हुने मैत्रीपुर्ण खेलकुदबाट दुई देशको सम्बन्ध समेत बलियो हुने आशा व्यक्त गरे ।

भेटमा मन्त्री अथकले राजदुत डा. गोवीलाई मेस्सिलगाएतका बिश्व प्रसिद्ध खेलाडी भएको देश अर्जेन्टिनाले नेपालको फुटबललाई धेरै सहयोग गर्न सक्ने र मेस्सिलाई नेपाल भ्रमण गराउनको लागि पहल गरिदिन समेत आग्रह गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्