न्युर्योकको मेट्रो स्टेशनमा गाेली चल्दा हुँदा २३ जना घाईते

न्युर्योक । अमेरिकाको एउटा मेट्रो स्टेशनमा मङ्लबार गाेलीबारी हुँदा २३ जना घाइते भएका छन भने ३ जनाको अवस्था गम्भिर रहेको छ।

मिडिया रिपोर्टका अनुसार आक्रमणकारीले ३३ राउण्ड फाईरिङ गरेका थिए । जसबाट ८ जना घाइते भएका छन। बाँकी भागदौड र बमको करणले घाइते भएका हुन। न्यूयोर्क पुलिसका अनुसार यो घटनामा संलग्न भएको आंशकामा ६२ वर्षिय फ्रैन्क र जेम्सको खोजी भईरहेको छ । पुलिसका अनुसार फाईरिङ गर्ने व्यक्तिले निर्माण क्षेत्रका कामदारले लगााउने जस्तो कपडा लगाएको भनिएको छ । ती व्यक्तिले बम लिएर स्टेसनमा गएको न्यूयोर्क पोस्टले जनाएको छ । उनको हातमा बन्धुक पनि देखिएको प्रत्यक्षदर्शीले बताएका छन्।

केही रिपोर्टका अनुसार ब्रुकलिन स्टेसनको यस घटनापछि  सर्च अपेरेशन गर्दा त्यहाँ केही बिस्फाेट  नभएका बम समेत भेटिएका छन् ।

कमेन्ट गर्नुहोस्