केपी–कमल मिलनः एमालेको संघीयताविरोधी हिन्दूवादी यात्रा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘ऐतिहासिक उपलब्धि उल्ट्याउने षडयन्त्रविरुद्ध अग्रगामी शक्तिहरुको एकता’ जरुरी भन्दै देशैभरी वाम–लोकतान्त्रिक गठबन्धनका पक्षमा वकालत गरिरहँदा राजधानीको एउटा कोठामा भने अर्कै सहमति भइरहेको थियो ।

यो सहमति थियो नेपालको संविधानको प्रस्तावनामैं असहमति राख्ने राप्रपा नेपाल र नेकपा एमालेबीच भएको थियो ।

एकातिर वाम लोकतान्त्रिक गठबन्धनले धर्म निरपेक्षता, संघीयता, समावेशी समानुपाति प्रतिनिधित्व, गणतन्त्रलाई संस्थागत र सुदृढ पार्न गठबन्धन गरेको भन्दै सात बुँदे मापदण्ड बनाएको भोलीपल्ट एमाले र राप्रपाबीच सहमति भएको हो ।

राजनीतिकरुपमा राप्रपा नेपाल गणतन्त्रलाई नस्वीकार्ने र २०४७ सालको संविधान ब्यूँताउन खोज्ने शक्ति हो । यसले संघीयतालाई खारेज गर्दछ । साथै हिन्दु राज्य नेपालको वकालत गर्दछ ।

दस्तावेजका आधारमा एमालेले भने गणतन्त्र र अझ समाजवाद साम्यवादको कुरा गर्दछ । दुई दुईपटक संसद विघटन गरेर प्रतिगमन निम्त्याउन खोजेको आरोप लागेको एमाले अहिले भने राप्रपासँग एकता गर्न पुगेपछि झन आलोचित बनेको हो ।

“एमालेले करकापले पो संघीयता स्वीकारेको हो । ओलीले त उहिल्यै यो भनेकै पनि हुन ।” अहिले कतिपयले यही आसयले एमालेको वैचारिक स्खलनको कुरा गरेका छन् ।

कतिपयले माओवादी र कांग्रेसबीच तालमेलको विषयलाई लिएर आलोचना नगरको होइनन् । तर माओवादी र कांग्रेसहरुले भने गठबन्धनको मुख्य आधार प्रतिगमनको विरोध बताएका छन् । ओलीले संसद विघटन प्रतिगमनकारी घटना भएको बताउँदैउनीहरुले अहिलेको संविधानलाई जोगाउन गठबन्धन अनिवार्य भएको बताउँदै आएका छन् ।

यता ओलीले विगतमा संसद विघटन गरेको घटना, संघीयताको बिरोधमा दिएका कतिपय अभिव्यक्ति र अहिले राप्रपा नेपालसँगको चुनावी तालमेलले सत्तारुढ गठबन्धनले लगाउँदै गएको आरोपको पुष्टि गरेको अर्थमा समेत कतिपयले टिप्पणी गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्