युक्रेनको सिँगो बिग्रेडले नै गर्‍यो रुससँग आत्मसमर्पण

मस्को । युक्रेनको एउटा बिग्रेडले रुससमक्ष आत्मसमर्पण गरेको छ ।

रुसको चरम आक्रमणमा परेको मारियुपुल क्षेत्रमा युक्रेनको ३६ औं मरिन बिग्रेडले रुसी सेनासमक्ष आत्मसमर्पण गरेको हो ।

यसअन्तर्गत १०२६ सैनिकले हतियार बुझाएको रुसको दावी छ । यसमा १६२ जना युक्रेनी अधिकारी समेत रहेका छन् ।

रुसले डोनेत्स्कका विद्रोहीहरुसँग मिलेर रुसका सेनाले गरेको घेराबन्दीमा ठूलो सफलता पाइएको छ । यसअघि आमुन्ने सामुन्न्े भएको युद्धमा रुसmले ९५ प्रतिशत क्षेत्रमा कब्जा गरेको थियो ।

मरियुपुलमा सफलतापछि रुसले खैरसानमा पनि आक्रमण तीब्र बनाएको । खैरसान मरियुपुलबाट ५० किलोमिटर टाढा रहेको छ । यो राष्ट्रपति जेलेन्स्कीको क्षेत्र पनि हो ।

कमेन्ट गर्नुहोस्