काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले चुनावी घोषणा पत्र पारित गरेको छ।
बुधबार सानेपामा बसेको बैठकमा घोषणा पत्र निर्माण समिति संयोजक महामन्त्री गगन थापाले घोषणा पत्रका मस्यौदा प्रस्तुत गरेका थिए।
त्यसमाथि पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यहरूले सुझाव राखेपछि महामन्त्री थापा संयोजक रहेको समितिले नै अन्तिम रूप दिने गरी घोषणा पत्र पारित गरिएको हो।
घोषणा पत्रका लागि पार्टीका नेताहरू, विज्ञ, जनप्रतिनिधि र सर्वसाधारणबाट सुझाव माग गरिएको थियो।
कांग्रेसले वैशाख ११ मा चुनावी घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ।
केन्द्रबाट घोषणा पत्र र वडादेखि पालिकासम्म उम्मेदवारले प्रतिवद्धतापत्र सार्वजनिक गर्ने कांग्रेसमा तयारी छ।