कागतीको दुई गुणासम्म मूल्य बढ्नुको कारण के हो ?

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा कागतीको मूल्य दिन प्रतिदिन बढ्दै गइरहेको छ। छिमेकी मुलुक भारतमा कागतीको मूल्य बढेपछि त्यसको असर यहाँ परेको व्यवसायीहरूले बताएका छन्।

कालिमाटी तरकारी बजारमा कागतीको होलसेल मूल्य नै दुई गुणासम्म बढेको छ। बुधबारको थोक मूल्य सूचीअनुसार कालिमाटीमा कागती प्रतिकिलो तीन सय ७५ रूपैयाँसम्म बिक्री भएको देखिन्छ।

गत वर्ष यो अवधिमा कागतिको थोक मूल्य प्रतिकिलो दुई सय ४० देखि दुई सय ५० रूपैयाँसम्म थियो। अन्य बेला भने कागती एक सय १० देखि एक सय ५० रूपैयाँ किलोसम्म कारोबार हुने गरेको तथ्यांकले देखाएको छ।

दिल्लीको तरकारी बजारमा कागतीको भाउ प्रतिकिलो भारू ३५० सम्म पुगेको छ।

पेट्रोलियम पदार्थको मूल्य बढेकाले बढेको ढुवानी खर्च र धेरै कागती उत्पादन हुने गुजरातमा केही समयअघि आँधीले कागती खेतीमा पुर्‍याएको क्षतिका कारण कागती भाउ बढेको बताइएको छ।

कमेन्ट गर्नुहोस्