रुस युक्रेन युद्धको असर कम गर्न संयुक्त राष्ट्रसंघको आग्रह

वासिङटन डिसी । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले रुस र युक्रेन युद्धका कारण संसारमा उत्पन्न भएका विभिन्न असरहरु घटाउने काममा लाग्न आग्रह गरेका छन्। उनले हाल विश्वमा रुस र युक्रेनको युद्धका कारण विभिन्न क्षेत्रमा असर परिरहेको र त्यसलाई कम गर्ने पक्षमा विश्वका नागरिकहरु लाग्नुपर्ने अवस्था रहेको बताए।

 

उनले हाल यी दुई देशको युद्धका कारण खासगरी खाद्यान्न, इन्धन तथा वित्त प्रणालीमा असर परिरहेको बताए । यी दुई देशको युद्धका संसारका विशेषगरी विकासशील देशहरुमा धेरै असर परिरहेको छ । कतिपय स्थानमा यसको प्रत्यक्ष असर परेको र अन्य कतिपय स्थानमा युद्धको असर सिर्जना गरिएको उनले बताए ।

महासचिव गुटर्रेसले संसारका कतिपय देशहरुमा रुस युक्रेन युद्धका कारण असर गरिरहेकाले त्यसलाई कम गर्नका लागि विश्वव्यापी रुपमा प्रयास हुनु जरुरी रहेकोमा जोड दिएका छन्।

कमेन्ट गर्नुहोस्