चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबनौं : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पैसा खर्च गरेर जित्ने र पछि त्यो असुल्न राज्यको दोहन गर्ने परिपाटी रहेको वास्तविकता ढाकछोप नगर्न नेताहरूलाई आह्वान गरेका छन्।

जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. भट्टराईले भनेका छन्, ‘चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबनौं। पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो भन्ने कटुसत्य स्वीकारेर यसो गरौंः
१. तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक विधायिका,
२. चुनावी खर्च राज्यले बेहोर्ने।’ यही वैशाख ३० गते देशभर एकसाथ स्थानीय तहको निर्वाचन हुँदै छ। चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबनौं।

याे पनि पढ्नुस  चुनावी भोजमा सहभागी भए पचास हजार जरिवाना, एक वर्ष कैद हुने

निर्वाचन आयोगले चुनावी खर्चबारे धारणा दिएको कारण स्पष्टिकरण सोधेपछि भट्टराईले यस्तो धारणा सार्वजनिक गरेका हुन ।

उनले टुईटरमा लेखेको जस्ताको तस्तै

कमेन्ट गर्नुहोस्