राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबारबाट प्रशिक्षण सुरु गरेको छ । एएफसी एसियन कप छनोटका लागि नेपाली टोलीले आजदेखि प्रशिक्षण सुरु गरेको हो । नेपाली टोलीले दशरथ रंगशालामा तयारी थालेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

प्रशिक्षणमा सहभागी हुने खेलाडीहरु

किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ, विशाल राई

कमेन्ट गर्नुहोस्