नेपालले स्वीकार गर्‍यो युएसएडले दिने ७९ अर्ब ७१ करोड अनुदान

काठमाडौं । नेपाल सरकारले युएसएआइडीबाट अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ।

गत चैत ३० को मन्त्रिपरिषद बैठकले युएसएआइडीबाट ७९ अर्ब ७१ करोड अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।

‘अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय युएसआइडीबाट प्राप्त हुने अमेरिकी डलर ६५९ (करिब ७९ अर्ब ७१ करोड)अनुदान सहायता रकम स्वीकार गर्ने’ निर्णय भएको हो ।

त्यसेगरी १८ अर्ब ऋण सहायता स्वीकार गर्ने निर्णय पनि भएको छ।

‘विश्व बैंक समूहका अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब १८ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने’ निर्णय भएको हो।

कमेन्ट गर्नुहोस्