समाचारवाचिकालाई किन दिए किमले घर उपहार ?

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले त्यहाँको एक टेलिभिजनमा ५० वर्षसम्म समाचार वाचन गरी सेवानिवृत्त भएकी समाचार वाचिकालाई दुई तले घर उपहार दिएका छन्।

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरूले ७९ वर्षीया री चुन–हीलाई घर दिएको भिडिओ सार्वजनिक गरेका छन् । उक्त भिडिओमा उनले रीको हात समातेर उनलाई घरभित्र घुमाएको दृश्य भाइरल भएको छ ।


उनले यही साता उत्तर कोरियाको राजधानी प्योङयाङमा खुलेको आवासीय क्षेत्रमा रहेको दुई तले घर रीलाई उपहार स्वरुप दिएका हुन् । उत्तर कोरियाली सरकारी टेलिभिजनमा देखिने रीले उत्तर कोरियाका पछिल्ला ५० वर्षका सबै महत्वपूर्ण समाचार वाचन गरेका कारण घर उपहार दिइएको हो।

समाचार बाचनका क्रममा रीले जहिले पनि गुलाबी रङको परम्परागत कोरियन पहिरन लगाउने गरेकी छन । रीको समाचारवाचनले दक्षिण कोरियाली नागरिकसँगै सुरक्षा अधिकारीका कान पनि ठाडा हुने गरेको त्यहाँका संचार माध्यमहरुले जनाएका छन ।

उपहार प्राप्त गरेपछि प्रतिक्रिया दिंदै रीले विश्वका जो सुकै समाचार वाचकहरू समाचार संकलनका क्रममा फिल्डमा नगएसम्म समाचार वाचकको रूपमा परिचित नहुने बताईन । रीले समाचारवाचन र रिपोर्टिङ सँगसँगै गर्ने गर्दै आएकी थिईन ।

कमेन्ट गर्नुहोस्