मेयरका आकांक्षी एमाले नुवाकोटका नेता पाण्डेको नेतृत्वमा दजनौं माओवादी प्रवेश

काठमाडौं। नेकपा नेकपा एमाले नुवाकोटका नेता माधवप्रसाद पाण्डे पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनलाई माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले स्वागत गरेका छन ।पाण्डे नेतृत्वमा एक सय कार्यकर्ता प्रवेश गरेको एक नेताले बताए ।

‘एमालेका अध्यक्ष केपी ओली नुवाकोट गएको भन्ने सुनें,’ पाण्डेलाई स्वागत गर्दै प्रचण्डले भने, ‘तर माधव पाण्डेको नेतृत्वमा एमालेका नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश गर्नुभयो । यो सुखद संयोग हो ।’

पाण्डे नुवाकोटको बेलकोटगढी १३ का स्थायी बासिन्दा हुन । एमालेमा रहँदा उनले बेलकोटगढी नगरपालिकामा मेयर पदमा दाबी गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्