सयौं नवप्रवेशीलाई स्वागत गर्दै प्रचण्डले भने अब यो क्रम तिब्र हुन्छ

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका दर्जनौ नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा समाहित भएका छन । नवप्रवेशीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरेका हुन ।

कार्यक्रममा नुवाकोटबाट नेकपा (एमाले) जिल्ला नेता माधवप्रसाद पाण्डेको नेतृत्वमा एमाले, नेपाली कांग्रेस र राप्रपाका सुरेश तामाङ, राजन लामा, एक प्रसाद पाण्डे लगायत २०० जना र नेकपा (एमाले)का रौतहट जिल्ला नेता संजिवकुमार साहको नेतृत्वमा मधेस प्रदेशबाट विभिन्न पार्टी परित्याग गरी ५०० जना गरी ७०० जना माओवादी केन्द्रमा समाहित भएको माओवादी केन्द्रद्धारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष कमरेड प्रचण्डले विभिन्न पार्टीबाट माओवादी केन्द्रमा समाहित हुनुहुनेहरुलाई माओवादी केन्द्रमा स्वागत गर्दै उचित जिम्मेवारी दिइने बताए । उनले देशैभर माओवादीप्रति व्यापक जनलहर आएको बताए । उनले जनतामा माओवादीमा आर्कषण बढेको उल्लेख गर्दै आगामी दिन यो गति अझै तीव्र हुने बताए ।

कमेन्ट गर्नुहोस्