माओवादीद्वारा प्रचार प्रसार तीब्र, यस्ता छन् अहिलेसम्मका पोष्टर

काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावी प्रचार तीब्र बनाएको छ ।

प्रसार प्रसार अन्तर्गत पार्टीले सामाजिक सञ्जालका लागि बिभिन्न प्रचार सामग्रीको निर्माण गरेको छ ।

माओवादीले सार्वजनिक गरेका पोष्टरहरुमा माओवादीलाई भोट किन ? भन्ने आशयका सामग्री बढी देखिन्छन् ।

जनयुद्धको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रले ल्याएका उपलब्धिको रक्षा गर्न र संघीयतालाई वास्तविक अर्थमा कार्यान्वयन गर्न भोट दिन माओवादीले आग्रह गरेको छ ।

पोष्टरहरुमा माओवादीले आफूले विगतमा यस्तो गरेको भनेर मात्रै मत मागेको छैन बरु संविधानमा प्राप्त उपलब्धिलाई व्यवहारमा कार्यान्वयनका लागि उसले मुख्य जोड दिएको देखिन्छ ।

जसको नीति उसैको नेतृत्वको मान्यतालाई पोष्टरमा उठान गरेको देखिन्छ ।

हेर्नुस् अहिलेसम्म सार्वजनिक भएका पोष्टरहरु

कमेन्ट गर्नुहोस्