अर्कोलाई जिताउने र हराउने ठेक्का माओवादीको छैन : मन्त्री आङ्बो

विराटनगर । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले एउटालाई हराएर अर्कोलाई जिताउने ठेक्का माओवादी केन्द्रको नभएको बताएका छन्।

मन्त्री आङ्बोले फेसबुकमा लेखेका छन्, ‘एउटालाई हराएर अर्कालाई जिताउने ठेक्का माओवादीको होइन, लोकतन्त्र, व्यवस्था र संविधान रक्षार्थ जिम्मेवारपूर्ण सहकार्यको अपेक्षा मात्र हो, सहमतिको नाममा विलम्ब घातक मात्र हुन्छ, अब मैत्रिपुर्ण प्रतिस्पर्धाको लागि अविलम्ब अगाडि बढौं।’

उनले आवश्यकता र औचित्यको आधारमा स्थानीय स्तरमा नै तालमेलको अधिकार स्वेच्छिक र खुल्ला गर्नुपर्नेमा जोड दिएका छन्। ​

उनले सामाजिक संजालमा यस्तो लेखेका छनः

कमेन्ट गर्नुहोस्