किभ, युक्रेन । रुसले युक्रेनको राजधानी किभमा भीषण हमला गरेको छ ।
रुसी समाचार एजेन्सी तासले जनाए अनुसार, आज बिहानै किभमा रहेको सैन्य प्लान्टमा आक्रमण भएका हुन ।
रुसको रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले आजको आक्रमणमा १६ वटा बिभिन्न सैन्य अखाडाहरु ध्वस्त भएका हुन । यसमा युक्रेनका उच्च क्षमता भएका मिसाईल, सैन्य उपकरण, हतियार भण्डारण लगायतका क्षेत्र रहेका छन् ।
यसैगरी मेकोलेभमा रहेका सैन्य उपकरण रिपेयर केन्द्र समेत ध्वस्त पारिएको छ ।
पश्चिमी देशहरुले युक्रेनलाई घातक हतियार दिन बन्द नगरे अकल्पनीय परिणाम भोग्न तयार रहन पुटिनले धम्की दिएलगत्तै यी आक्रमण गरिएका हुन ।