माओवादी बेगर देश चल्न सक्दैन : मन्त्री चर्तिमगर

नारायण विश्वकर्मा ‘आक्रोश’

वैशाख ०३/गल्याङ । गण्डकी प्रदेशका वन वातावरण तथा भू–संरक्षण मन्त्री दिपक चर्तिमगरले जसको विचार छ, उसकै नेत्वत्वमा अबको स्थानीय सरकार गठन हुनुपर्ने बताएका छन् ।
उनले गणतन्त्र, संघियता, धर्मनिरपेक्ष, समानुपातिक, समावेसी,स्थानीय सरकार लगाएतका एजेण्डा माओवादीले ल्याएको भन्दै यसको संस्थागत र विकासका लागि माओवादी नै नेतृत्वमा हुनुपर्ने आवस्यकता रहेको बताए ।

स्याङ्जाको गल्याङ बजारमा वालिएल, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) राष्ट्रिय दलित मुक्ति मोर्चा गल्याङ नगरपालिकाको संयुक्त भेलालाई संबोधन गर्दै मन्त्री चर्तिमगरले यस्तो बताएका हुन्।

मन्त्री चर्तिमगरले माओवादीको सम्पुर्ण ध्यान विचार सहितको नेतृत्वमा केन्द्रिकृत हुनुपर्नेमा जोड दिए ।

उनले माओवादीको विचारधाराबाट निर्देशत भएर अहिले मुलुक संचालनमा रहेको भन्दै माओवादी बेगर देश चल्न नसक्ने ठोकुवा समेत गरे ।
मन्त्री चर्तिमगरले मुलुकको रक्षा गर्ने, जनताको सुरक्ष गर्ने मोर्चा वाईसिएल अब २०६४ कै शैलिमा फर्कने बताए।


उनले नेकपा एमालेलाई विचारहिन रामाले भएको संज्ञा दिंदै एमालेमा कुनैपनि राजनैतिक र सैद्धान्तिक विचार नभएको आरोप लगाए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्वन समिति स्याङ्जाका संयोजक प्रकाश न्यौपाने (किरण), नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य लोकेन्द्र थापा मगर, तमु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष रनबहादुर तमु, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रिय सदस्य कल्पना अर्याल, नेकपा माओवादी केन्द्र गल्याङ नगर कमिटि अध्यक्ष चन्द्रबहादुर राना (चित्र), प्रेस सेन्टर नेपाल स्याङ्जाका उपाध्यक्ष नारायण विश्वकर्मा, नेकपा माओवादी केन्द्र गल्याङ नगर कमिटिका सचिव गिताराम ढकाल लगाएतले संवोधन गरेका थिए ।

भेलाले गोपाल क्षेत्री अध्यक्ष र ईन्द्र परियार सचिव रहने गरि ७१ सदस्यीय वालिएल नेपाल गल्याङ नगर समिति, हेमाकुमारी तराङ्ग (सामाना) अध्यक्ष, ईन्दिरा अधिकारी र सुसिला क्षेत्री उपाध्यक्ष, सुकमाया सुनार सचिव, कामना सुनार सह–सचिव, सुनिता सिंजाली कोषाध्यक्ष रहने गरि ४१ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गल्याङ नगर समिति र केशब गहतराज अध्यक्ष रहने गरि ३१ सदस्यीय राष्ट्रिय दलित मुक्ति मोर्चा गल्याङ नगर समिति निर्वाचित गरेको छ ।

वाइलिएल नेपाल गल्याङ नगर समितिका अध्यक्ष गोपाल क्षेत्रीको अध्यक्षतमा भएको कार्यक्रममा स्वागत मन्तव्य राष्ट्रिय दलित मुक्ति मोर्चा गल्याङ नगर समितिका अध्यक्ष केशव गहतराजले र संचालन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गल्याङ नगर समिति अध्यक्ष हेमाकुमारी तराङ्ग (सामाना)ले गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्