पूर्व मन्त्री आशा कोइरालाको उदाहरणीय कदम : शुक्लागण्डकी मेयरका लागि उम्मेदवारी

तनहुँ । संघीय सरकारमा पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य आसा कोइरालालाई शुक्लागण्डकी नगरपालिकामा मेयरका लागि सिफारिस गरिएको छ ।

शुक्लागण्डकी नगरपालिका नगर समितीको बिस्तारित बैठकले सर्वसम्मतरूपमा पुर्व मन्त्री तथा पार्टी केन्द्रिय सदस्य आशा कोइरालालाई नगर प्रमुखको उमेद्दवार बनाउने निर्णय गरेको हो ।

कोइरालाले देउवा सरकारको बेला संघीय सरकारमा महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन ।

मन्त्री तथा प्रधानमन्त्री या सांसद भइसकेको व्यक्तिले स्थानीय तहको निर्वाचन लडनु हुँदैन भन्ने परम्परागत मानसिकतालाई तोड्दै कोइरालाको नाम सिफारिस भएको हो ।

जनयुद्दकालमा लामो हण्डर तथा यातना सहँदै राजनीतिलाई अघि बढाएकी कोइरालाले उम्मेदवारी दिएपछि नगरपालिकामा ठूलो हलचल मच्चिएको छ ।

मन्त्रीले मेयरको निर्वाचन लडेको कुरा नेपालमा उदेकलाग्दो मानिएपनि विश्वमा भने प्रधानमन्त्री नै भएका व्यक्तिले समेत मेयरमा लडेर जितेका छन् ।

माथिल्लो तहको जिम्मेवारी बहन गरिसकेका व्यक्तिले तल्ला तहमा नेतृत्व गर्न नेपालमा प्रतिष्ठाको विषय गराउने गरेको भए पनि विश्वमा भने तेस्ता प्रशस्तै उदाहरण पाउन सकिन्छ । फ्रान्सका राष्ट्रपति एडोआर्ड चाल्र्स फिलिपले सन् २०२० मा प्रधानमन्त्री पद छोडेर मेयरमा लड्ने घोषणा गरेका थिए ।

यूनियन फोर ए पपुलर मुभमेन्टका सदस्य समेत रहेका फिलिप २०१० देखि २०१७ सम्म हाभ्रे नगरपालिकाका मेयर भएका थिए । उनी सन् २०१७ को मई महिनामा भने फ्रान्सको राष्ट्रपति भएका थिए । सन् २०२० को जुलाई ३ मा उनले पदत्याग गर्दै पुनः मेयरका लागि उम्मेदवारी दिएका थिए ।

को हुन त ? मेयरको उम्मेदबार बन्दै गरेकी पूर्वमन्त्री आशा कोइराला

नेकपा (माओवादी केन्द्र)को तर्फबाट महिला बालबालिका तथा समाज कल्याण मन्त्री भइसकेकी आशा कोइरालाको जन्म २०२६ साल पुस १० गते भोगटेनी गोरखामा भएको हो।
तनहुँको शुक्लागण्डकी–४ बेलचौतारा स्थायी घर भएकी कोइरालाले बिन्ध्यवासिनी माद्यमिक विद्यालय नारेश्वोर १ भोगटेनी गोरखाबाट एसएलसी परीक्षा उत्तिर्ण गरेकी हुन्। कोइरलाले उच्च शिक्षाको पढाई भने गोखा क्याम्पसबाट सुरु गरेकी छिन्। स्नातक तहसम्मको अध्ययन पुरा गरेकी कोइरालाले लामो समय तनहुँको राधा माद्यमिक विद्यालयमा शिक्षिका समेत भएर काम गरेकी थिइन्।

उनी २०४२ सालबाट क्रियाशिल सदस्यता लिएर कोइराला राजनीतिमा होमिएकी हुन्। कोइराला २०५० सालमा अखिल नेपाल महिला संघ तनहुँको जिल्ला संयोजक, २०५४ सालदेखि २०६४ सम्म केन्द्रीय सचिवालय सदस्य भएर काम गरेकी थिइन्। २०५५ वैशाख १० गते पार्टी संगठनात्मक कामको सिलसिलामा तनहुँ सतिस्वारा बाट गिरफ्तार भएकी थिइन्।

गिरफ्तारमा पछि हातहतियार खरखजना मुद्दामा हिरासतमा बस्नु परेको थियो। ३५ दिन हिरासत र १ महिना जेल जीवन बिताएकी कोइराला पुनरावेदन अदालत पोखराको आदेशमा धरौटिमा रिहा भएकी थिइन्।

२०५४ असारमा घर बाटै गिरफ्तार भई तनहुँ जिल्ला प्रशासन कार्यालयले शान्तिसुरक्षा एन अन्तर्गत कास्की कारागारमा नजरबन्दमा राखेको थियो। नजरबन्दको क्रममा उनले तनहुँ, कास्की, बारा, पर्सा, महोत्तरीमा प्रमुख जिल्ला अधिकारीको आदेशमा हिरासतमा कष्टकर जीवन बिताइन। कोइरालाले तनहुँ, कास्की, वीरगंज, जलेश्वर, काठमाडौं केन्द्रीय कारागारमा बन्दी जीवन समेत बिताइन्।

उनको २०५८ भदौ १३ को पहिलो चरणको वार्ताको क्रममा राति १२ बजे घरमा पु¥याएर रिहाई गरिएको थियो। २०६० सालमा तत्कालीन माओवादीले गठन गरेको तनहुँको दोश्रो जनसरकार प्रमुख त्यस पछि एकीकृत जनप्रतिरोध अभियानको क्रममा २०६२ साल जेठ २ गते सेनाको युनिफाइट कमाण्डको घेरामा गोली प्रहारपछि घाइते अवस्थामा तनहुँको साभुङ, गाबडाडाबाट गिरफ्तारमा परेकी थिइन्।

उनलाई सेनाले साँझ सरस्वती माद्यमिक विद्यालयको कोठामा बास बसेर भोलिपल्ट अशक्त अवस्थामा डोकोमा बोकेर राम्जाकोट, राम्जाकोटबाट सेनाको हेलिकप्टरबाट पोखरा फुलबारी ब्यारेक लगेको थियो।

उपचारपछि कोइरालाले १३ दिन विजयपुर ब्यारेकको हिरासत बिताएकी थिइन्। यो अवधिमा उनले चार दिन नेपाली सेनाको समरसुर गुल्म चापाघाट, दमौली, तनहुँमा हिरासत र १८ दिनपछि जिल्ला प्रहरी कार्यालय दमौली हिरासतमा आतंककारी तथा हिंसात्मक कार्य नियन्त्रण अन्तरगत कर्तव्य ज्यान मुद्दा दायर गरी कास्की कारागार चलान गरिएको थियो।

२०६२/०६३ को आन्दोलनमा जेलभित्रै आस्थाका बन्दीसहित आन्दोलितको मोर्चा सहित।गणतन्त्र सँगै मुद्दा फिर्ता लिएर रिहाई। असारमा त्यस पछि पार्टी काममा सकृय २०६४ को संविधान सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य उमेदवार, झिनो मत अन्तरले पराजित २०७० सालमा समानुपातिक तर्फबाट संविधान सभा सदस्य भइन् ।  हाल माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत रहेकी उनी गण्डकी प्रदेश सभा सदस्य छन्।

कमेन्ट गर्नुहोस्