काठमाडौं । प्रिमियर लिग अन्तर्गत शनिबार राती भएको खेलमा म्यानचेष्टर युनाइटेडले नर्विच सिटीलाई ३–२ ले पराजित गरेको छ ।
योसँगै चर्चित खेलाडी रोनाल्डोले समेत नयाँ कीर्तिमान कायम गरेका छन् ।
उनी अब क्लब फुटबलमा लगातार १६ सिजनमा २० गोल गर्ने खेलाडी बनेका छन् ।
शनिबार भएको प्रिमियर लिग अन्तर्गत चर्विच सिटी विरुद्धको खेलमा उनले ह्याट्रिक गरेका थिए । यसअघि रेलिगेसन जोनमा संघर्ष गरिरहेको एभर्टसँग पराजित भएको युनाइटेडलाई रोनाल्डोले शनिबारको खेलमा प्रभावशाली जित दिलाएका थिए ।
रोनाल्डोको नाममा यो व्यक्तिगत रेकर्ड पनि बनेको छ । ३७ वर्षीय रोनाल्डोले खेलको सातौं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । एन्थोनीको पासमा उनले गोल गरेका थिए । ३२ औं मिनेटमा कर्नरबाट आएको पासलाई हेड मार्फत सदुपयोग गर्दै रोनाल्डोले लगातार १६ सिजनमा २० गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।