टिकापुर नगरपालिका मेयरमा माओवादी केन्द्रबाट ५ जनाको नाम सिफारिस

टिकापुर । नेकपा माओवादी केन्द्र टिकापुर नगरसमितिले मेयरमा ५ जनाको सिफारिस गरेको छ ।

स्थानीय तहमा सत्तारुढ गठबन्धनले तालमेलको छलफल चलाइरहेको बेला माओवादीले भने मेयर र उपमेयरका आकांक्षीको सिफारिस प्रदेश समितिलाई गरेको हो ।

सम्मानजनक गठबन्धन नभए एकल रुपमा चुनाव लड्ने निर्णय समेत पार्टीले गरेको छ ।

नगर समितिको बैठकले मेयरको उम्मेद्वारका लागि खडक बहादुर शाह, खुशीराम थारु, नन्दराम विक, बालकृष्ण थारु, ललित बहादुर थापाको नाम सिफारिस गरेको छ । उपमेयरका लागि भने आशाकुमारी चौधरी, कमला कोइराला,कल्पना खड्का,कल्पना जैशी,ताराप्रसाद स‌न्ज्याल, दिव्या प्रयासी चौधरी, रहेका छन ।

कमेन्ट गर्नुहोस्