वालिङमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

वालिङ नगरपालिका १२ डाँडाखर्कबाट थुपपोखरा आउदैं गरेको ग १ ज ७३९९ नम्बरको जीप आज बिहान अन्दाजी १० बजे दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ । साथै दुर्घटनामा परि ६ जना गम्भीर घाइते भएका छन् । घाइते ३ जनाको अवस्था चिन्ताजनक रहेको  छ ।

मृत्यु हुनेमा वालिङ १२ माथिल्लो डाडाँखर्कका ४ जना छन् भने वालिङ १४ को १ जना छन् ।निधन भएकाको सनाखत हुन भने भै सकेकाे छैन् ।गाडीमा ११ जना सवार थिए ।

जीप सडकदेखि अन्दाजी ३०/४० मिटर तल खसेको र प्रहरी घटनास्थलमा खटिरहेको हुँदा विस्तृत विवरण आउने केही समय लाग्ने प्रहरीले बताएको छ ।

घाइते ६ जनालाई वालिङ प्राथमिक स्वास्थ्य चौकीमा प्राथिमिक उपचार पछि पोखरा रिफर गरिएको छ ।

कमेन्ट गर्नुहोस्