गठबन्धनका शिर्ष नेतृत्वको बैठक संपन्न, यस्तो छ निर्णय

काठमाडौं।बालुवाटारमा गठबन्धनका शिर्ष नेतृतवको बैठक संपन्न भएको छ । बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको विषयमा छलफल भएको हो।

नेताहरुको भेटमा भोलिसम्म महानगर उपमहानगरमा गठबन्धनका उम्मेबारको टुंगो लगाउने, बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।

सत्तागठबन्धनले वैशाख ३० मा हुने स्थानीय चुनावमा ६ महानगर र ११ उपमहानगर भागबन्डा गरी उम्मेदवार उठाउने तयारी गरेका छन्। तर कहाँ कसले उम्मेदवारी दिने निर्णयमा भने पुगेका छैनन्।

गत चैत १७ मा बसेको गठबन्धन बैठकले स्थानीय चुनावमा चुनावी तालमेल गर्ने निर्णय गरेको थियो।

महानगर र उपमहानगरका लागि दाबी गर्दै गठबन्धनमा विभिन्न दलबाट आकांक्षीका नामहरू सिफारिस भैरहेका छन्।

कमेन्ट गर्नुहोस्