वालिङ दुर्घटना अपडेटः आमा छोरासहित पाँचको मृत्यु, ६ जना घाइते (नामावली)

स्याङ्जा । स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा वालिङ नगरपालिका १२ बस्ने ६५ वर्षीय बीर बहादुर डाला, ६५ वर्षीय कुल कुमारी कनौज, ४५ वर्षीय हिरा डाला, २५ वर्षीय शर्मिला सारु, अन्दाजी ६ / ७ महिनाको नाम नखुलेको बालक रहेका छन् । २५ वर्षीय शर्मिला सारु र ६/७ महिनाको बालक नाताले आमा छोरा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।

त्यसैगरी जीप दुर्घटनामा परी घाइते हुनेमा वालिङ नगरपालिका १२ बस्ने ६५ वर्षीय अङ्ग बहादुर डाला, ५५ वर्षीय माया कुमारी सारु, ३५ वर्षीय योगेन्द्र थापा, १८ वर्षीय नविना सारु, १९ वर्षीय की लक्ष्मी डाला र सवारी चालक ६० वर्षीय दल बहादुर थापा रहेको प्रहरीले बताएको छ ।

वालिङ नगरपालिका १२ डाँडाखर्कबाट थुपपोखरा आउँदै  गरेको ग १ ज ७३९९ नम्बर जीप आज विहान करीब  १० बजे दुर्घटना भएको थियो ।

घाइते सबैको अवस्था गम्भिर रहेको र सबैको थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जीप सडकदेखि करिब २०० मिटर तल खसेको र दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्