एमाले अध्यक्ष ओलीलाई आधा /आधा घण्टामा हेलिकप्टर र जहाज पालैपालो

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली हिजो शनिवार दिउँसो आधा /आधा घण्टाको फरकमा हेलिकप्टर र हवाइजहाज चढेर सर्लाही र नेपालगञ्ज गरेका छन् ।पार्टीको काममा व्यस्त भएका ओली हिजो मध्यान्ह १ बजे काठमाडौंबाट सिम्रिक एअरको हेलिकप्टरमा सर्लाहीको मलंगवा पुगेका थिए ।

पार्टी प्रवेश गराउन पाँच जनाको टोली लिएर त्यसतर्फ उनी पाँचै जना सदस्य बोकेर पौने पाँच बजे सोही हेलिकप्टरबाट काठमाडौं विमानस्थलमा अवतरण गरे । त्यताबाट सोझै नेपालगञ्ज जान लागेको यति एअरलाइन्सको विमान चडेर नेपालगञ्ज पुगे । ओलीसँग पार्टी उपाध्यक्ष विष्णु पौडेल पनि गएका थिए ।

कमेन्ट गर्नुहोस्