निगमको काठमाडौं–रियाद उडान वैशाख ९ देखि, हेर्नुहोस् उडान तालिका

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले काठमाडौं–रियाद वैशाख ९ गते गर्ने भएको छ । पहिलो पटक नेपाल–साउदी सिधा उडान गर्न लागेको निगमले आइतबार उडान तालिका सार्वजनिक गर्दै वैशाख ९ गतेदेखि नियमति उडान गर्ने जनाएको हो ।

 

साउदी अरेबियाको राजधानी तथा ‘ग्लोबल सिटी’को रुपमा स्थापित सहर रियादमा आफ्नो नियमित तथा व्यावसायिक उडान शुरु गर्न लागेको निगमले वैशाख ९ गते अर्थात् अप्रिल २२ तारिखका दिन बेलुका ६ः१५ बजे आरए–२१९१ जहाजबाट काठमाडौं–रियाद उडान भर्ने जनाएको छ ।
यस्तै, अप्रिल २३, २४ र २५ मा नियमित उडान गर्ने जनाएको निगमले अप्रिल २६ छाडेर २७ र २८ अप्रिलमा पनि उडान भर्ने जनाएको छ । अर्को महिना अर्थात् मे मा ३ र ४ तारिखमा एकएक उडान तालिका मात्र रहेकोमा ६ तारिखका दिन दुईतर्फीनै एकएक उडान तालिका रहेको निगमले जनाएको छ ।

हेर्नुहोस् उडान तालिका

कमेन्ट गर्नुहोस्