क्रान्तिकारी विद्यार्थीहरु माओवादीका उत्तराधिकारी हुन् : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले युवा विद्यार्थीहरु माओवादी केन्द्रको उत्तराधिकारी भएको बताएका छन् । उनले पार्टीमा ४० वर्ष मुनिका युवाहरुको उदेश्यमूलक सहभागिताको सुरुवात गरिएको बताउँदै युवा विद्यार्थीहरुलाई पार्टीमा जिम्मेवारी दिने र चुनावमा पनि सहभागिताको निम्ति ध्यान दिईने बताए । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)को विस्तारि केन्द्रय कमिटीको बैठकमा विद्यार्थीलाई राजनीतिक बैचारिक रुपमा प्रशिक्षित गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले देशको राजनीति,संविधान र परिर्वतनका एजेण्डाहरुको बैचारिक राजनीतिक रुपमा नेतृत्व माओवादीले गरिरहेको बताए । युवा विद्यार्थीलाई माओवादीले जनयुद्धमा गरेको त्याग र वलिदान र शान्ति प्रक्रिया आएपछिको प्रक्रियाबारु सबै थाहा भएको भन्दै आम युवा विद्यार्थीलाई त्यसबारे प्रशिक्षित जिम्मेवारी क्रान्तिकारी विद्यार्थीको भएको बताए ।

क्वान्टम थौरी, सापेक्षतावादको सिद्धान्त र आइटिको विकास जलवायु परिर्वतनको असरले पारेको प्रभावबारे विद्यार्थीहरु सचेत हुनुपर्ने बताउदै अध्यक्ष प्रचण्डले माओवादीले राष्ट्रिय महाधिबेसनमा आजको दुनियाँमा भएको विकाससँगै पर्यावारणमा परेको असरलाई ध्यानमा राखेर समाजवादी क्रान्तिको बाटो तय गर्न बैचारिक राजनीतिक हिसाबले सचेततापुर्वक निर्णय लिइएको बताए । प्रचण्डले क्रान्तिकारी विद्यार्थीहरु अध्यनशिल हुनुपर्ने भन्र्दै अध्यन अनुसन्धान गर्न र आफुलाई वैचारिक राजनीतिक रुपमा खरो रुपमा पस्तुत गर्न आग्रह गरे ।

अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै संविधान र जनआन्दोलन जनयुद्धका झण्डै ७० वर्षको सर्घषबाट प्राप्त उपलब्धिहरुलाई कमजोर पार्ने गम्भिर सडयन्त्र भैरहेको प्रचण्डको भनाई छ । त्यस्तो प्रवृतिबारे आम युवा विद्यार्थीहरुलाई अखिल (क्रान्तिकारी)ले वैचारिक राजनीतिक रुपमा प्रशिक्षित गर्नुपर्ने बताए । उनले माओवादी आन्दोलन कम्युष्टि आन्दोलनको स्कुल भएको भन्दै वैचारिक राजनीतिक रुपमा आम युवा विद्यार्थीलाई स्कुलिङ गर्नुपर्ने आवश्यकता औल्याए ।

 

उनले युवाहरुलाई स्थानीय चुनावमा उम्मेबार बनाईने बताउँदै सम्भावना भएका युवा विद्यार्थीहरुको लिस्ट बनाएर दिन समेत आग्रह गरे ।

प्रचण्डले आफु युवा उमेरमै पार्टीको मुल नेतृत्वमा रहेर काम गरेको स्मरण गर्दै युवाहरुलाई जिम्मेवारीमा ल्याउदा पार्टीमा उर्जा थपिने बताए । त्यसैले माओवादीलाई नयाँ उचाईमा लैजानका लागि पार्टीमा ४० वर्ष मुनिका युवाहरुको प्रतिनिधित्व गराईएको बताए । त्यसो गर्दा केहि सिनियरहरुलाई अन्याय भएको र त्यसलाई मिलाउनुपर्ने समेत बताए ।

प्रचण्डले युवा विद्यार्थीहरुलाई अहिले स्थानीय चुनावमा ध्यान केन्द्रित गर्न आग्रह गरे । उनले आन्तरिक चुनावी प्रक्रियाबाट संगठनमा विसंगति आउने गरेको कारण माओवादी आन्दोलन र स्कुललाई जोगाउन अधिकतकम सहमति गर्नुपर्ने बताए । उनले त्यसो भनेर चुनावी प्रक्रियाको विरोधि नभएको समेत स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुलाई खुसिपार्ने गरी बाहिर बहस र विवाद गर्ने काम नगरि आन्तरिक रुपमा वहस छलफल गरेर संगठन भित्र देखिएका समस्यालाई सुल्झाउन आग्रह गरे ।

कार्यक्रम अखिल(क्रान्तिकारी)की केन्द्रिय अध्यक्ष पंचासिंहको अध्यक्षतामा, फ्याक्सन इन्चार्ज हितमान शाक्यको विशेष आतिध्यता र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा संपन्न भएको थियो । कार्यक्रममा प्रदेश कमिटी र विभिन्न विश्व विद्यालय कमिटीले आफ्नो रिर्पोटिङ राखेका थिए ।

इन्चार्ज हितमान शाक्यले रिपोटङिको क्रममा उठेका प्रश्नहरुको जवाफ दिदै सांगठानिक कार्ययोजना पस्तुत गरे । उनले अखिल (क्रान्तिकारी)को पदाधिकारी समेत घोषणा गरे ।

कमेन्ट गर्नुहोस्