स्थानीय निर्वाचन र गठबन्धनबारे पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र

काठमाडौं। नेकपा माओवादी केन्द्रले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दैछ। पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादीले पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो।

स्थानीयतहको निर्वाचन र गठबन्धनका विषयमा नेकपा माओवादी केन्द्रले पत्रकार सम्मेलनमार्फत् आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो।

प्रचण्डका स्वकीय सचिव सूर्य किरणका अनुसार अध्यक्ष प्रचण्डले आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर पार्टीको तयारी, पाँच दलीय गठबन्धनमा भइरहेको तालमेल लगायतका विषयमा पत्रकार सम्मेलनमार्फत जानकारी दिने कार्यक्रम रहेको छ।

कमेन्ट गर्नुहोस्