सत्ता गठबन्धनका शीर्ष नेतासहित निर्वाचन तयारी समितिको बैठक सुरु

काठमाडौं । सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सुरु भएको छ ।

स्थानीय तह निर्वाचनमा पालिकाहरूको भागबण्डालगायतका विषयमा छलफल गर्न शीर्ष नेताहरुसहित संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरुभएको हो ।

आइतबार बसेको बैठकमा दलका नेताहररूले आ(आफ्नो दाबी प्रस्तुत गरेका थिए । आइतबारको बैठकमा नेकपा (माओवादी केन्द्र)ले चितवनको भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका लिने प्रस्ताव गरेका थिए ।

कांग्रेसले भने औपचारिक दाबी गरेको थिएन । आज महानगर र उपमहानगरपालिकाहरूको भागबण्डामा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास हुने नेताहरूले बताएका छन् ।

कमेन्ट गर्नुहोस्