बालुवाटारमा गठबन्धन बैठक सकियो साँझ पुनः बस्ने

काठमाडौं। स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको  बैठक सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे नौ बजेदेखि बैठक बसेको थियो । उक्त बैठक साँझ फेरि बस्ने गरी सकिएको छ ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावमा तालमेल गर्ने सहमतिपछि कुन स्थानीय तहमा कसले कति पद लिने भन्नेबारे बैठक बसेको सुचना सार्वजनिक भएका थिए । अहिले बसेको बैठकले सिट बाँडफाँड गर्ने भनिए पनि त्यसो नभएको र बेलुकी बस्ने बैठकले टुंगो लगाउने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।

बैठकले मुलतः ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको सिट बाँडफाँड गर्ने छ ।

कमेन्ट गर्नुहोस्