स्थानीय निर्वाचन सर्छ भन्नु अनुमान मात्र : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुनै पनि हालतमा निर्वाचन नसर्ने बताएका छन्। सोमबार पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले निर्वाचन सर्ने प्रयास अनुमान मात्र भएको बताएका हुन्।

प्रचण्डले सरकार र सरकारमा रहेका कुनै पनि दल निर्वाचन सार्ने मनसायमा नरहेको बताए। उनले सत्तारुढ गठबन्धन सम्पूर्ण रुपले निर्वाचनमा होमिइसकेको पनि बताए।

पत्रकारहरुले सोधको प्रश्नको जवाफ दिदै प्रचण्डले केपी ओली नै बरु विप्लव पार्टीका नेताहरुको भेटमा चुनाव सार्ने मनसाय व्यक्त गरेको कुरा बहिर आएको समेत बताए । तर निर्वाचनको तयारीमा देश र गठबन्धन होमिइसकेको ले चुनाव सार्ने कुनै गन्जायस नभएको बताए ।

 

 

 

कमेन्ट गर्नुहोस्