ब्याडमिनटन च्याम्पियन रामजी श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । सात चोटी नेसनल च्याम्पियन बनेका नेपाल ओलम्पिक कमिटी सचीव राम जि बहादुर श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनी नेपाल ब्याडमिनटन संघको केन्द्रिय अध्यक्ष ,ब्याडमिनटन एसियाको कार्यकारी सदस्य एवं लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्यको रुपमा आफ्नो भूमिका निर्वाह गरेका कुशल खेलकर्मी हुन् ।

श्रेष्ठलाई नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरे। नवप्रवेशी श्रेष्ठले आफु माओवादी केन्द्रमा रहेर आगामी दिनमा नेपालको खेलकुदको क्षेत्रको विकासमा योगदान पुर्‍याउने बताए ।

पार्टी प्रवेश कार्यक्रमको संयोजन माओवादी केन्द्र निकट खेलकुद महासंघ अखिल नेपाल खेलकुद महासंका केन्द्रिय सह–अध्यक्ष जनक बर्तौलाले गरेका हुन् । बर्तौलाले आफ्नो महासंघ खेलाडीहरुको महासंघ भएकाले धेरै खेलाडीहरुको आर्कषण बढेको बताए ।

कमेन्ट गर्नुहोस्