विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा ध्रुवीकृत हुने क्रम तिब्र बन्यो : प्रवता महरा

काठमाडौं । माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले विभिन्न पार्टी परित्याग गर्ने र नेकपा (माओवादी केन्द्र)मा समाहित तथा ध्रुवीकृत हुने क्रम तीव्र बनेको बताएका छन् आज विभिन्न समूह तथा पार्टी परित्याग गरेकालाई पार्टीमा प्रवेश गराउदै उनले यस्तो बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य नागेन्द्र राईको नेतृत्वमा सो पार्टीको तीनजना पोलिट्व्यूरो सदस्य, तीन जना केन्द्रीय सदस्य, विभिन्न प्रदेशका २५ जना प्रदेश सदस्यसहित पाँचसय जना नेकपा (माओवादी केन्द्र)मा समाहित भए । आजै जितबहादुर चौधरी अध्यक्ष रहेको नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी पनि नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन/ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवम् वार्ता समिति संयोजक कृष्णबहादुर महरा, नेकपा (क्रान्तिकारी–माओवादी)का पोलिट्व्यूरो सदस्य नागेन्द्र राई र नेपाल लोकतान्त्रिक जनता कांग्रेसका अध्यक्ष जितबहादुर चौधरीले संयुक्त वक्तव्य जारी गरेका छन् ।

पार्टी समायोजन÷ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य अनिल परियारको नेतृत्वमा ७०० जना, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामविनोद चौधरीको नेतृत्वमा २५ जना र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट नेपाली कांग्रेस र नेकपा (एमाले)का २५ जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरे । उनीहरुलाई पनि पार्टी प्रवक्ता एवम् वार्ता समिति संयोजककृष्णबहादुर महराले स्वागत गरे।

प्रवक्ता महराले पार्टीकार्यालयमा आज नै आयोजित छुट्टै पार्टी प्रवेश कार्यक्रम गरी नेपाली कांग्रेस नुवाकोटका नेता जीवन आलेमगरको नेतृत्वमा ६५ जना माओवादी केन्द्रमा प्रवेश गराए । कार्यक्रमलाई संबोधन गर्दै प्रवक्ता महराले माओवादी केन्द्रप्रति आकर्षण बढेको र विभिन्न पार्टी र विभिन्न पार्टीबाट विद्रोह गरेर माओवादी केन्द्रमा समाहित हुने क्रम बढेको बताए ।

कमेन्ट गर्नुहोस्