भारतको नया सेना प्रमुखमा मनोज पाण्डे, चीनलाई तनाव बढ्न सक्ने

काठमाडौं । भारतको नयाँ सेना प्रमुखमा मनोज पाण्डे नियुक्त हुनेभ एका छन् । उनी भारतीय सेनाको २९ औं प्रमुख बन्ने भएका हुन ।

इन्जिनियर पृष्ठभूमिका पाण्डे भारतीय सेनाभित्र उत्तरपश्चिम कमाण्डमा दक्ष मानिन्छन् ।

नागपुरमा आइएस्सी गरेपछि नेशनल डिफेन्स एकेडमीमार्फत भारतीय सेनामा प्रवेश गरेका पाण्डेले सेनाभित्र इन्जिनियरका कैयन् कमाण्डको नेतृत्व गरेका छन् । सेवा अवधिमा उनको मुख्य अनुभव चीनसँग जोडिएका लद्दाखलगायतका सीमा क्षेत्रमा रहेको छ । यसैगरी कश्मिरमा समेत उनले सेवा निर्वाह गरेका छन् । उनलाई उच्च पहाडी र हिमाली क्षेत्रमा सैन्य अप्रेसनको विशेष अनुभव भएको मानिन्छ ।

भारतीय सेनामा इन्फेन्टी, आर्मर्ड र आर्टिलरी क्षेत्रबाट मात्रै अहिलेसम्म सेना प्रमुख भएकोमा इन्जिनियर क्षेत्रबाट सेना प्रमुख हुने उनी पहिलो व्यक्ति बनेका छन् । उनी १ फेब्रुअरी २०२२ मा उप सेना प्रमुख बनेका थिए । आगामी मे १ देखि उनले कार्यभार सम्हाल्ने भारतीय सेनाले जनाएको छ ।

चीनसँग लद्दाखलगायतका क्षेत्रमा ठूलो तनाव कायमै रहेको बेला पाण्डेको नियुक्तिले चीनलाई तनाव दिने कतिपय भारतीय विश्लेषकहरुले जनाएका छन् । लद्दाखमा भारतीय सेना चिनियाँ पक्षको तुलनामा कमजोर मानिन्छ ।

कमेन्ट गर्नुहोस्