दैलेख भगवतीमाई गाउँपालिका उपाध्यक्षमा अनेरास्ववियूकी सचिव रमा रेग्मी सिफारिस

दैलेख । दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका उपाध्यक्षमा अनेरास्ववियूकी केन्द्रिय कमिटी सचीव रमा रेग्मी सिफारिस भएकी छन् । उनलाई नेकपा एकिकृत समाजवादीको गाउँपालिका कमिटीको बिस्तारि बैठकले उपाध्यक्षको उम्मेदबारको रुपमा अघि सारेको हो ।

दैलेख जिल्ला साबिकको मेहेल्तोली गाविसस्थित महादेव मा.वि. को इकाई कमिटीबाट विद्यार्थी राजनीति सुरु गरेकी रेग्मी राजनीतिक वैचारिक अध्यन एंव बहससँगै समाजिक सेवामा सक्रिय छन् । एमाले अखिलबाट राजनीति सुरु गरेकी उनी विभिन्न राजनीतिक उतारचढावका बिच अहिले नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको केन्द्रिय कमिटी सचिव छन् ।

सानै उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय रेग्मी भगवतीमाई गाउँपालिकाका महिला तथा विद्यार्थी युवा माझ लोकप्रिय छन् ।

यस अघिको निर्वाचनमा उक्त गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जितेकाे थियो । अहिले सत्ता गठबन्धनका दलहरु उत्त नतिजा आफ्नो पक्षमा पार्ने रणनितिमा छन् ।

कमेन्ट गर्नुहोस्