चितवन सभापतिलाई निर्णय सच्याउन देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका चितवन जिल्ला सभापति राजेश्वर खनाललाई निर्णय सच्याउन निर्देशन दिएका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर भरतपुर महानगरपालिका माओवादीलाई छोड्नुपर्ने अवस्था आएको भन्दै निर्णय सच्याउन निर्देशन दिएका हुन् ।

चितवन काँग्रेसले भरतपुर महानगरपालिकाको मेयर काँग्रेसले पाउनुपर्ने निर्णय गरेको थियो । सत्ता गठबन्धनमा भरतपुरको मेयर माओवादी केन्द्रका भागमा परेको छ । यद्यपि यसबारे औपचारिक निर्णय साँझ हुने देउवाले चितवन सभापति खनाललाई जानकारी गराएका थिए ।

सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्का, बागमती प्रदेश काँग्रेस सभापति इन्द्रबहादुर बानियाँ र चितवन सभापति खनालसँग चितवन छोड्नुपर्ने अवस्था आएको सुनाएका थिए । खनालले भने, ‘सभापतिज्यूले निर्णय सच्याउनुपर्यो भन्नुभयो । मैले माथिको निर्णय भए तलको निर्णय आफै निष्क्रिय हुन्छ भनें

कमेन्ट गर्नुहोस्