काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको छ ।
महानगर र उपमहानगरमा सिट बाँडफाँड मिलाउन आज साढे ११ बजेका लागि तय भएको सत्ता गठबन्धनको बैठक सारेर अहिले ३ बजेदेखि सुरु भएको हो ।
गठबन्धन दलका नेताहरुका अनुसार नेपाली काँग्रेसले समय मागेकाले बैठक सारिएको थियो । सोमबार दुई पटक बसेको गठबन्धन बैठकमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच पोखरा महानगरको दावी नछोडेपछि सहमति हुन सकेको थिएन ।