काबुल । अफगानस्तानमा आतंकवादीहरुले स्कूलमा बम विष्फोट गर्दा २५ जना बालबालिकाको मृत्यु भएको छ ।
मंगलबार बिहान विभिन्न स्कुलहरुमा विष्फोट भएको थियो
पहिलो विष्फोट राजधानी काबुलको मुमताज एजकेसनल सेन्टर नजिक भएको थियो ।
यसको २० मिनेटपछि अब्दुरहीम शतहिल हाइस्कुलमा भएको थियो ।
अहिलेसम्म कुनैपनि आतंकवादि संगठनले घटनाको जिम्मा लिएका छैनन् ।
अल जजिरालगायत केही मिडियाले भने ६ जनाकाे मृत्यु भएकाे जनाएका छन् । तर दैनिक भास्करले स्थानीय मिडिया श्राेत उल्लेख गर्दै २५ काे मृत्यु भएकाे दावी गरेकाे हाे ।