श्रीलंकामा तिब्र अभावका कारण प्रदर्शन गोली चल्दा , १ जनाको मृत्युपछि कर्फ्यू

कोलम्बो । श्रीलंकामा हालै इन्धनमा भएको मूल्यवृद्धि र अन्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ र अन्य २४ जना घाइते भएका छन् ।

इन्धनको मूल्यवृद्धिको विरोधमा मंगलबार आन्दोलनमा उत्रिएका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो । तर, प्रदर्शन नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको थियो ।

मृत्युपछि अन्य प्रदर्शनकारीले रामबुक्काना प्रहरी चौकी घेरेर ढुंगा प्रहार गरेका थिए । यसैबीच, श्रीलंका प्रहरीले अर्को सूचना नभएसम्मका लागि रामबुकाना प्रहरी डिभिजन वरपर कर्फ्यू लगाएको छ ।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि श्रीलंका अभूतपूर्व आर्थिक उथलपुथलसँग जुधिरहेको छ। यो संकट आंशिक रूपमा विदेशी मुद्राको अभावको कारणले आएको हो । जसको कारण श्रीलंकाले खाद्यान्न र इन्धनको आयात गर्न नसेकेका कारण तीव्र अभाव निम्तिएको छ भने हरेक वस्तुको मूल्य आकाशिएको छ । फलतः देशमा निरन्तर प्रदर्शन र झडप हुने गरेको छ ।

कमेन्ट गर्नुहोस्