गण्डकीका अर्थमन्त्रीको गाडीको ठक्करबाट तनहुँका मीनबहादुरको मृत्यु, उनकी श्रीमती गम्भीर घाइते

पोखरा । पोखरामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं–२ एक्लेखेतका ३५ वर्षका मीनबहादुर पाइजा रहेका छन् ।

सो दुर्घटनामा मीनबहादुरकी श्रीमती दानुमाया पाइजा गम्भीर घाइते भएकी छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

नयाँ वर्षका दिन गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामजी बराल ९जीवन० ले प्रयोग गर्दै आएको ग १ झ ४४५ नम्बरको गाडीले पाइजा दम्पत्ति सवार ग १६प ५१८१ नम्बरको मोटरसाइकललाई पोखरा ३२, गगनगौंडामा ठक्कर दिंदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते मीनबहादुरको पाँच दिनपछि सोमबार मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्