माओवादीका समाजसेवी नेता थापाद्वारा विद्यालयमा शैक्षिक सामाग्री वितरण

काठमाडौं। नेकपा माओवादी केन्द्रका युवा नेता तथा विशेष प्रदेश सदस्य अर्जुनबहादुर थापा राजनीतिसँगै समाजसेवामा व्यस्त छन् । उनले म्याग्दीको धौलागिरी गाउँपालिका अन्तर्गत रहेका विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेका छन्। चन्द्रलोक शैक्षिक कोषमार्फत् गाउँपालिका भित्रका १० विद्यालयमा अध्ययन करिब ८५ जेहेन्दार विद्यार्थीलाई एक वर्षलाई पुग्नेगरि कपि र कलम वितरण गरेको नेता थापाले जानकारी दिए।

धौलागिरि गाउँपालिका अन्तर्गतका चन्द्रकुता माविका १०, ताकम माविका ५, हेम उच्च माविका १०, जनविकास मरांग माविका ५, जनविकास निमावि आर्बंगका १०, मल्कबांग माविका ५, धौलागिरि आदर्श स्कुलका ५, बुद्धिविकास मावि मुदिका ११, लमसुंग माविका ७ र लुलांग स्कुलका १० विद्यार्थीलाई कपि र कलम वितरण गरेको उनले जानकारी दिए।

नेता थापाले आमाबुबाको सम्झनामा १० लाखको चन्द्रलोक शैक्षिक कोषमा स्थापना गरेका छन्। सोही कोषबाट पालिका भित्रका जेन्दार तथा अतिविपन्न परिवारका विद्यार्थीहरूलाई वर्षभरि पुग्ने गरी डेढ लाख बराबरको कपि र कलम वितरण गरेका हुन्। नेता थापाले प्रत्येक वर्ष जेन्दार तथा अतिविपन्न परिवारका विद्यार्थीहरूलाई कपि र कलम वितरण गरिने बताए।

‘हामीले यस वर्षबाट धौलागिरि गाउँपालिकामा कपि र कलम वितरण गर्न सुरु गरेका छौं। विपन्न परिवारका जेहेन्दार विद्यार्थीहरूलाई प्रत्येक वर्ष कपि र कलम वितरण गर्छौं,’ नेता थापाले भने, ‘कपि र कलम किन्न नसक्ने परिवारका बालबालिकाहरू शिक्षाको पहुँचबाट टाढा हुन पुगेका पनि हामीले भेटेका छौं। उनीहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मैले आमा र बुबाको सम्झनामा चन्द्रलोक शैक्षिक कोष स्थापना गरेको हुँ। यसबाट विपन्न परिवारका विद्यार्थीलाई सहयोग पुग्ने विश्वास लिएको छु।’

४१ पटक रक्तदान गरेका थापाले कुइक ब्लड सेन्टर खोलेर ५ हजार जना बिरामीलाई निःशुल्क रगत समेत उपलब्ध गराएका छन् । उनले आफु राजनीतिमा समाजसेवाको लागि लागेको बताएका छन् । उनले भने, मलाई कुनै लाभको पदमा पुगु भन्ने छैन, जनताको मुहारमा कसरी खुसी ल्याउन सकिन्छ त्यसरी समाजसेवा गर्छु । ”

कमेन्ट गर्नुहोस्