बेपत्ता युवा सुख्खा पहिरोमा पुरिएको अवस्थामा मृत फेला

पाल्पा, वैशाख ७ गते । पाल्पा जिल्लाको तिनाउ–१, कचलमा रहेको कचल फाँट सिंचाई आयोजनाको काममा खटेका बेला सुख्खा पहिरोमा पुरिएर बेपत्ता भएका पुरुष मृत फेला परेका छन् ।

मङ्गलबार बेलुका ५ बजे कचलफाँट सिकाइ आयोजनाको कुलो खन्ने गर्ने क्रममा एक्कासी सुख्खा पहिरोले पुएिका बेपत्ता हुनुभएका स्थानीय ६१ वर्षीय डिलबहादुर हिस्की बुधबार बिहान मृत भेटिएका हुन्। कुलो खन्ने क्रममा हिस्कीलाई सुख्खा पहिरोले च्यापेको थियो ।

हिस्कीको शव सुख्खा पहिरो हटाउने क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । हिस्कीको शव निकालेर पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्