सत्ता गठबन्धन बैठकमा मिल्यो महानगर/उपमहानगरको भागबन्डा(सहमति पत्रसहित)

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनबीच वैशाख ३० गते हुने स्थानीय चुनावमा महानगर / उपमहानगरको भागबन्डा मिलेको छ।

६ महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पाएको छ भने माओवादीले भरतपुर, नेकपा (एकीकृत समाजवादी)ले पोखरा र जनता समाजवादीले वीरगन्जको मेयर पाएका छन्।

उपमहानगरमा कांग्रेसले सात र माओवादीले दुई र एकीकृत समाजवादी र जनता समाजवादीले एक–एकमा मेयर पाएका छन्। कांग्रेसका भागमा धनगढी, नेपालगन्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरानको मेयर परेका छन्। माओवादी केन्द्रले घोराही र जितपुर सिमराको मेयर पाएको छ। एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादीले जनकपुरको मेयर पाएका छन्।

मेयर पाएका ठाउँमा सोही दलले उपमेयर नपाउने सहमति गठबन्धन दलहरूबीच भएको छ।साथै बाँकि नगरपालिका र गाँउपालिकामा पनि यथाशिघ्र तालमेलको टुंगो लगाउने सहमति भएको छ ।

सहमति पत्र हेर्नुहोस

 

 

कमेन्ट गर्नुहोस्