हामीमा कुरा गर्ने काम नगर्ने बानी छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीमा कुरा गर्ने काम नगर्ने बानी भएको बताएका छन् ।बुधबार ‘युवासँग म’ विषयक अन्तरक्रियामा युवाहरुले सोधेको प्रश्नको जवाफ दिदै अध्यक्ष ओलीले नेपालीहरुमा कुरा गर्ने काम नगर्ने, अपेक्षा गर्ने मेहनत नगर्ने बानी रहेको बताएका हुन् ।

अध्यक्ष केपी   ओलीले देशमा समस्याहरु रहेको र ति समस्या हामी सवैले भोगिरहेको बताए । उनले  भ्रष्टचार यत्रतत्र रहेको स्वीकार गर्दै त्यसबाट मुक्त हुनुपर्ने बताए । ‘कुरा गर्ने काम नगर्ने, अपेक्षा गर्ने मेहनत नगर्ने बानी छ । त्यस्ता कुरालाई आफैबाट पनि हटाउनुपर्छ’, ओलीले भने।

साथै उनले एमाले सात करोडमा होइन , सात सय करोड रुपैयाँमा पनि खरिद बिक्री नहुने पार्टी भएको दावी गरेका छन् ।

‘युवासँग म’ अन्तर्क्रिया कार्यक्रममा उनले एमालेले नातावाद कृपावाद स्वीकार नगर्ने दावी समेत गरे ।कार्यक्रममा उठेका प्रश्नहरुको एकमुष्ट जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन ।

सो कार्यक्रममा रुपन्देहिका सरोज भट्टराईले ओलीलाई एक युवा र ७ करोड लिएर आउने व्यक्ति कसलाई छान्नुहुन्छ भनेर प्रश्न गरेका थिए । जवाफमा ओलीले अनुचित पैसा र अनुचित कारोबार एमालेले स्वीकार नगर्ने बताएका हुन्।

 

कमेन्ट गर्नुहोस्