दैलेख महाबु–४ मा क्रान्तिकारी आरआरका सचिव सुरेन्द्र शाही सिफारिस

दैलेख । नेकपा (माओवादी केन्द्र) दैलेख महाबु गाउँपालिकाले वडा नम्बर–४ को अध्यक्षको उम्मेदबारको रुपमा विद्यार्थी नेता सुरेन्द्र शाहीलाई एकल रुपमा सिफारिस गरेको छ ।
अखिल(क्रान्तिकारी) आरआर क्याम्पस कमिटीको सचिवको रुपमा विद्यार्थी राजनीतिमा सक्रिय शाही त्यस वडाका युवा विद्यार्थीबीच लोकप्रिय छन् ।

उनी विगत ६ वर्ष देखि आर.आर. क्याम्पसमा सकृय रुपमा विद्यार्थी राजनीति गर्दै आएका छन्। उनको पार्टी संगठनमा लगाव, आन्दोलन प्रतिको आस्था एवं कृयाशिलता अनुकरणीय भएको उनका सहकर्मीहरु बताउछन् । “उहाँ जत्तिको युवालाई वार्ड पार्टीले विश्वास गरेर उम्मेबार बनाएछ । यस्तो कदम विद्यार्थी राजनीतिमा लाग्ने युवा विद्यार्थीको लागि गर्वको कुरा हुन्छ। पार्टीले उहाँलाई चिनेको छ, हामीलाई विस्वास छ जनताले पनि उहाँ लाई अनुमोदित गर्ने छन्। हामी उहाँलाई शुभकामना व्यक्त गर्न चाहान्छौं । ” शाहीका समकक्षी एवं अखिल (क्रान्तिकारी), आर.आर. क्याम्पस कमिटी अध्यक्ष शिशिर वश्यालले भने ।

सुरेन्द्र बहादुर शाही कालिका युवा एकता क्लब, महाबु–४, काप्रिखोला दैलेखका अध्यक्ष पनि हुन्। उनकै नेतृत्वमा गत वर्ष असोज ३१ देखि कार्तिक ३ गते सम्म प्रथम कालिका भलिबल तथा संस्कृतिक कार्यक्रम–२०७८ गरेका थिए । राजनीति र समाजसेवा मार्फत स्थानीय क्षेत्रको विकासमा लागेको भन्दै शाहीले चुनावमा पार्टीले आफुलाई अगाडि सारे पनि गठबन्धनको निर्णयले जसलाई उम्मेदबार बनाउछ त्यसलाई सबै सहयो गरेर प्रतिगमन विरुद्ध एकजुट हुनुपर्ने बताए । उनले आफ्नो उम्मेदबारी सिफारिससँगै चुनावी प्रतिबद्धता जनाएका छन् ।

यस्ता छन् शाहीका चुनावी प्रतिबद्धता
१.प्रदेश स्तरिय खेल संचालन गर्ने र राष्ट्रिय स्तरको खेलाडी उत्पादन मा जोड दिने।
२. वडा नम्बर ४ मा पर्ने गैदाबाज मा.बिमा न्युनतम एउटा प्राविधिक शिक्षा ल्याउने।
३.भ्रष्टाचार मुक्त प्रशासन सहितको सुशासन कायम गर्ने।
४.निशुल्क शिक्षा र स्वास्थ सुविधायुक्त वडा निर्माण गर्ने।
५. आन्तरिक उत्पादनमा जोड दिदै स्थानीय युवाका लागि रोजगारी सिर्जना गर्ने।
६. कृषिको आधुनिकिकरण गर्दै कृषकको आयमा वृद्धि गर्ने।
७. महिला तथा अन्य उत्पीडित समुदायको लागि विशेष आर्थिक कार्यक्रम ल्याउने, उनीहरुको सशक्तीकरणमा विशेष जोड दिने।

कमेन्ट गर्नुहोस्