काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपालमाथि नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन भएको बताएकी छन् ।
चिनियाँ दूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बिहिबार उनले नेपाल–चीनबीच पछिल्लो समयमा भएको द्वीपक्षीय व्यापारको तथ्यांकले त्यो नदेखाउने बताइन् ।
नेपाल र चीनबीच १ अर्ब ७७ करोड अमेरिकी डलरको व्यापार भएको भन्दै उनले यो अघिल्लो समयको भन्दा ६३ प्रतिशतले बढी रहेको बताए । उनले कोरोना महामारीका कारण सिधा हवाई उडान रोकिएको र त्यसलाई पुनः सञ्चालन गर्ने विषयमा छलफल भइरहेको बताइन् ।
तातोपानी र रसुवागढी नाकाबाट सीमापार व्यापार सुधार्ने विषयमा नेपाल र चीनको तिब्बत क्षेत्रका अधिकारीबीच एक महिनाभित्र बैठक हुन लागेको चिनियाँ राजदूत होउ यान्छीको भनाई थियो।