जसपा, विप्लव नेकपा र एमाले परित्याग गर्दै हजारौं पूर्व माओवादीहरु माओवादी केन्द्रमा प्रवेश(तस्बिर)

कैलाली । बृहत् ध्रुवीकरण अभियान अन्तर्गत कैलाली जिल्लाका हजारौं पूर्व माओवादीहरु माओवादी केन्द्रमा फर्केका छन् ।

आज कैलालीको मसुरियामा आयोजना गरिएको बृहत् ध्रुवीकरण तथा एकता कार्यक्रममा जनता समाजवादी, विप्लव नेकपा र नेकपा एमालेमा रहेका पूर्व माओवादीहरु केन्द्रमा फर्केका हुन् ।

चुनावको निकटतासँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको व्यस्तता निकै बढेको छ । पार्टी प्रवेश गराउने,भेला सम्मेलनलाई सम्बोधन गर्ने नेताकार्यकर्तालाई प्रशिक्षित गर्ने र गठबन्धनका भागबन्डा मिलाउनेमा प्रचण्डलाई भ्याई नभ्याई हुने गरेको छ ।

उनले माओवादी केन्द्र २०६४ सालकै अवस्थामा फर्कन लागेको भन्दै दिनहुँ विभिन्न पार्टी परित्याग गरेर माओवादी प्रवेश गर्नेहरुलाई स्वागत गरिरहेका छन् । प्रचण्डले माओवादी केन्द्रमा गोलबन्ध हुने क्रम तिब्र हुने बताउने गरेका छन् ।

आज कैलालीमा प्रचण्डले भने झै भएको छ मसुरियामा आयोजना गरिएको बृहत् ध्रुवीकरण तथा एकता कार्यक्रममा कैलाली र कञ्चनपुर जिल्लाबाट जनता समाजवादी पार्टीबाट १७ सय बढी नेता तथा कार्यकर्ता, विप्लव नेतृत्वको नेकपाबाट दुइ सयजना तथा नेकपा एमालेबाट तीनसय नेता तथा समर्थक  प्रवेश  गरेका छन् । जनता समाजवादीका प्रदेश अध्यक्ष कृष्ण चौधरि यसअघि नै माओवादीमा प्रवेश गरेका थिए ।

जनता समाजवादी, विप्लव नेकपा र नेकपा एमालेमा रहेका पूर्व माओवादीहरुको ठुलो संख्या माओवादी केन्द्रमा धुब्रिकृत भएका हुन् । उनीहरुलाई भव्य समारोहकाबीच अध्यक्ष प्रचण्डले स्वागत गरेका छन् ।

माओवादी केन्द्रमा प्रवेश गर्न कैलाली र कञ्चनपुर जिल्लाबाट हजारौंको संख्यामा नेता तथा कार्यकर्ताहरु उपस्थित भएका छन् ।

कैलाली जिल्लाको मसुरियामा आयोजना गरिएको कार्यक्रममा दस हजार बढी जनताको उपस्थिति रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष प्रचण्ड रहेका छन् । माओवादी प्रदेश इन्चार्ज , अध्यक्ष, पदाधिकारि, केन्द्रीय सदस्य लगायत प्रदेश समिति सदस्य, वाइसिएलहरुको समेत उपस्थिति छ ।

हेर्नुस् तस्वीरमा

 

 

कमेन्ट गर्नुहोस्